नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता 

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित  स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंक र आईभिएफ एण्ड रिसर्च सेन्चरबीच असार  ८ गते आइतबार सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै Gynecology consultation / Consultation with IVF specialist    सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभिएफ एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट अध्यक्ष अजय जंग कुँवरले  हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार