घरजग्गामा बैंक तथा वित्तीय संस्थाले बढाए कर्जा, १० महिनामा करिब तीन खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिलो केही महिनायता घर निर्माण हुने क्रम बढ्न थालेको छ । यसले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर कर्जा पनि बढेको छ भने जग्गा बिक्रीवितरण समेत बढेको छ । ब्याजदर कम हुँदा ऋण लिएर घर बनाउने र जग्गा खरिद गर्ने क्रम बढ्दै गएको बैंकरहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) क्षेत्रमा सुधार देखिए सँगै कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) को २०८२ वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक वित्तीय संस्थाहरुले घरजग्गाा क्षेत्रमा २ खर्ब ८१ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३२ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बढी हो । गत आवको २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४८ अर्ब ९७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

२०८२ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाखसम्म ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५१ खर्ब ६ अर्ब ३० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैकहरुले गत वैशाख मसान्तसम्म ६१ खर्ब ४८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ९७ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा २ खर्ब ३६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । जुन गत आवको सोहि अवधिको तुलनामा २३ अर्ब २३ करोड १० लख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ खर्ब ७२ अर्ब ३ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब ११ अर्ब १० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा २ खर्ब १३ अर्ब २० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरुले गत वैशाखसम्म ६ खर्ब ९ अर्ब ४८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब १९ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम ३३ अर्ब ५८ करोड ७० लाख रुपैयाँ छ । जुन गत आवको तुलनामा ८ अर्ब ४२ करोड ३० लाख रुपैैयाँले बढी हो । गत आवको वैशाखसम्म विकास बैंकहरुले ५ खर्ब ९३ अर्ब ६७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ९६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा २५ अर्ब १६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले गत वैशाख मसान्तसम्म १ खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनामा एक अर्ब २९ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोहि अवधिमा फाइनान्स कम्पनीहरुले १ खर्ब २४ अर्ब ३० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ६५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा १० अर्ब २४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार