कतारस्थित नेपाली दूतावासले भन्यो : सतर्क र यथास्थितिमा बस्नु

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै यथास्थितिमा बस्न भनेको छ ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपालीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गरिएको हो ।
सूचनामा भनिएको छ, ‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ । नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार