आज अन्य सबै स्थानीय तहले बजेट ल्याउँदै, काठमाडौँ महानगर अझैँ अन्योलमा

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाबमोजिम हरेक वर्ष असार १० गतेभित्र अनिवार्य बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार आज सबै स्थानीय तहले बजेट ल्याउँदैछन् ।

७५३ पालिकामध्ये ४० पालिकाले सोमबारसम्म बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७१३ मध्ये ७१२ पालिकाले आज बजेट ल्याउने तयारी गरेका छन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सबैभन्दा ठूलो पालिका काठमाडौँ महानगरको बजेट भने अझैँ अन्योलमा छन् । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको तनावका कारण आज बजेट नआउने लगभव पक्का जस्तै देखिएको छ ।

महानगरको कार्यपालिका बैठक अहिलेसम्म बस्न सकेको छैन । बजेट निर्धारण समिति बैठक र नीति तथा कार्यक्रम समेत आएको छैन । जसकारण आज बजेट ल्याउन कठिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार