शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएको  छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो  ।

समितिलेलाइ भिजिट भिषा प्रकरणमा छानबीन गरेर प्रतिबेदन पेश गर्नको लागि १ महिनाको समय तोकिएको छ । भिजिट भिषा सम्बन्धमा गृह मन्त्री रमेश लेखकको राजिनामा र उच्च सतरिय छानबीन समिति गठन गर्न भन्दै असार १२ बाट संघिय संसदको प्रतिनिदि सभामा बिरोध जारी छ सुरुमा प्रमुख प्रतिपक्ष दल सहितका ददले संदस अबरुद्द गरेको भएता पनि माओबादीले २ बुँदे सहमति गरेर संसद खुलाउने सहमति गरेपनि रास्वपा लगायका ददले संसदमा बिरोध कायम राखेका छन् । सरकारले माओवादीसँगको सहमतिको आधारमा छानबीन समिति गठन गरेको हो ।

छानबीन समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार