काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ ।
साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१० अंकले बढेर ४४५.१७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०९ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१८ अंकले बढेको हो ।
मंगलबार ३१६ वटा कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार पुगेको छ । जुन सोमबारको तुलनामा ७० करोड ४० लाख ५७ हजारले कम हो ।
सोमबार ३२५ वटा कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब ३२ अर्ब ८६ करोड पुगेको छ । सोमबार भने बजार पुँजीकरण रकम भने ४३ खर्ब ३३ अर्ब २३ करोड पुगेको थियो ।
यसदिन १०७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा ८ वटा पसमूह घटेको छ । बैंकिङ ६, लगानी ०.२९, उत्पादन र प्रशोधन ३०, लघुवित्त ९ र म्युअुचल फण्ड ०.०५ अंकले बढ्दा विकास बैंक २२, वित्त १७, होटल र पर्यटन ६७, जलविद्युत १६, जीवन बीमा १५, निर्जीवन बीमा ३८, व्यापार ४ र अन्य समूह ३ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी , हिमालयन पावर पार्टनर , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड र ङादी ग्रुप कम्पनी रह्यो । बुटवल पावर कम्पनीको २७ करोड ६५ लाख, राधी विद्युत कम्पनीको २३ करोड ९६ लाख , हिमालयन पावर पार्टनरको २३ करोड ८५ लाख , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २३ करोड र ङादी ग्रुप कम्पनीको २१ करोड ४५ लाख बराबर कारोबार भयो ।

