बिर्तामोड । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ।
लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ। नेपालको सन्दर्भमा विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्ख सफल भएको छ ।
कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए ।
कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। त्यसपछि लक्ष्मी कमर्शियल भेहिकल्सका बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता र क्षमताबारे जानकारी गराए।
सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै, ग्राहकहरूप्रति सदैव प्रतिबद्ध रहेको बताए। उनले ग्राहक सुझावहरूलाई उच्च प्राथमिकतामा राखी आगामी दिनमा अझ उत्कृष्ट सेवा पुऱ्याउने प्रतिवद्धता जनाए ।
ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल इसुजुब्रान्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ। भविष्यमा पनि यस्ता ग्राहकमुखी कार्यक्रम मार्फत ग्राहकहरूलाई एसएमएल इसुजुको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाको बारेमा जानकारी गराइँदै जाने लक्ष्मी कमर्शियल भेहिकल्सको योजना रहेको छ।

