काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गरी गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई उक्त मितिभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेमा सम्पर्क गर्न भनेको हो ।
कम्पनीको सञ्चालक समितिको बैंठकबाट संस्थापक शेयर बिक्री गर्ने निर्णय भएकोमा कति कित्ता शेयर बिक्री गर्न लागिएको हो भन्नेबारे भने कम्पनीले खुलाएको छैन ।

