काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९६ लाख ८९ हजार ५ सय कित्ता शेयरको लकइन अवधि आगामी साउन १७ गते सकिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख ९३ हजार कित्ता शेयरको लकइन अवधि साउन १७ गतेबाट सकिने जनाएको छ ।
साथै, संस्थापक समूहतर्फको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड–आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको जनाएको छ।

