हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ।
सडक दिउँसो १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

