माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ ।

पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

उनी आज बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । नेपाल उपस्थित भएपछि बयान र थुनछेक बहस पनि आजै सकिएको थियो । थुनछेक बहस सकिएको झण्डै चार घण्टापछि आदेश आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार