काठमाडौं । अब अमेरिकाले भिसा दिँदा सामाजिक सञ्जाल पनि चेक गर्ने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले एक सूचना जारी गर्दै भिसा आवेदकहरुलाई आफ्नो सामाजिक सञ्जाल प्राइभेटमा भए पब्लिक बनाउन अनुरोध गरेको छ ।
भिसा निर्णय राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरुलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरुको प्राइभेटबाट पब्लिक गर्न सूचनामा भनिएको छ ।

