सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य २ हजार १४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार