काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२१ अंकले घटेर ४४३.९० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४६ अंकले घटेको छ ।
बिहीबार ३०६ वटा कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर खरीद बिक्री हुँदा करोबार रकम ७ अर्ब ७८ करोड २ लाख ४२ हजार पुगेको छ । जुन बुधबारको तुलनामा १ अर्ब ८३ करोड ७३ लाख ९० हजारले बढी हो । बुधबार ३११ वटा कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार पुगेको थियो ।
यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४३ खर्ब २४ अर्ब ८८ करोड ८१ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ३२ अर्ब ३० करोड पुगेको थियो ।
यसदिन ९३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ३ वटा उपसमूह बढ्दा ९ वटा उपसमूह घटेको छ । विकास बंैक ५३, जलविद्युत ४, लघुवित्त ६ अंकले बढ्दा बैंकिङ १.६०, वित्त ९, होटल रपर्यटन १२८, लगानी ०.६९, जीवन बीमा ४३, उत्पादन र प्रशोधन २२, निर्जीवन बीमा ४९, वयापार ९ र अन्य समूह ५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, ङादी गू्रुप पावर, सिंगटी हाइड्रो इनर्जी र बरुण हाइड्रोपावर रह्यो । बुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख, राधी विद्युत कम्पनीको ३९ करोड २० लाख, ङादी गू्रुप पावरको ३२ करोड ३२ लाख, सिंगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख र बरुण हाइड्रोपावरको २८ करोड ५ लाख बराबर कारोबार भयो ।

