साताको शेयर : कारोबार रकम करिब साढे १७ अर्बले घट्दा करिब ४५ अर्ब लगानीकर्ताले कमाए

काठमाडौं । जेठ अन्तिम साता सुधारोन्मुख देखिएको शेयर बजार पछिल्लो समय भने खस्कदो अवस्थामा रहेको छ । असारको सुरुदेखि नै नकारात्मक रहेको शेयर बजार असार दोस्रो सातासम्म आइपुग्दा शेयर बजारमा खासै सुधार हुन सकेको छैन ।

यो साता सोमबार एक दिन नेपाल स्टक एक्सचेञ्जे (नेप्से) परिसूचक बढ्दा बाँकी चार कारोबार दिन घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम करिब ४५ अर्बले बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ४४ अर्ब ९८ करोड ४४ लाखले बढेको हो , जुन लगानीकर्ताले आम्दानी गरेको रकम समेत हो ।
गत साता ४३ खर्ब ९९ अर्ब ३ करोड रहेको बजार पुँजीकरण रकम यो साता भने ४४ खर्ब २४ अर्ब ८८ करोड पुगेको हो ।

त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम भने १७ अर्ब ४९ करोडले घटेको छ । गत साता ५२ अर्ब ६० करोड रुपैयाँ कारोबार रकम हुँदा यो साता भने सो रकम ३५ अर्ब १० करोड रुपैयाँमा सीमित भएको हो ।

साथै कारोबार कित्ता शेयरको संख्या समेत घटेको छ । गत साताको तुलनामा यो साता कारोबार शेयर कित्ता ४ करोड १९ लाखले घटेको छ । गत साता १२ करोड ८२ लाख ९४ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता ८ करोड ६३ लाख ६२ हजार कित्ता शेयर खरीद बिक्री भएको हो ।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २५०० वरपर रहेको छ । यो साता नेप्से परिसूचक २५९५.७४ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३३.१७ अंकले कम हो । गत साता नेप्से परिसूचक २६२८.९१ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४३.९० विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ५.५८ अंकले कम हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४९.४८ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने १ वटा उप समुह बढ्दा बाँकी १२ वटा उपसमुह घटेको छ । गत साताको तुलनामा यो साता सबैभन्दा उच्च अंकले व्यापार समूह बढ्दा सबैभन्दा उच्च अंकले घट्नेमा होटल र पर्यटन रहेको छ ।

गत साताको तुलनामा यो साता व्यापार ३ अंकले बढ्दा बैंकिङ ६, विकास बैंक २०, वित्त ४७, होटल र पर्यटन २५५, जलविद्युत ७४, लगानी ०.९८,जीवन बीमा २३५, उत्पादन र प्रशोधन १२६, लघुवित्त ४८, म्युअुचल फण्ड ०.०५ , निर्जीवन बीमा १६५ र अन्य समूह ३२ अंकले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार