८० वर्षीय ज्येष्ठ नागरिक आश्रमबाट हराए, भेटे वा देखे सम्पर्क गरिदिन आग्रह

काठमाडौं । काठमाडौंको एक आश्रमबाट ८० वर्षीय ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।

काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेमा रहेको नेपाल वरिष्ठ नागरिक समाज असाहय ज्येष्ठ नागरिक आश्रमबाट नुवाकोट घर भएका यज्ञप्रसाद अधिकारी हराएका हुन् ।

यही असार १२ गते दिउँसो साढे एक बजेदेखि अधिकारी हराएपछि प्रहरीलाई खोजीका लागि खबर गरिएको हो ।

गहुँगोरो वर्णका उनले हराउँदा खैरो ट्राउजर, हरियो ज्याकेट लगाएका थिए । उनलाई कसैले भेटे वा देखे नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८५१००२९६४ मा सम्पर्क गरिदिन प्रहरीले सूचना समेत जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार