काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँडफाँटमा नपरेको हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ ।
यसअघि कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर असार १२ गते बाँडफाँड भएको थियो ।
बाँडफाँडमा नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरहरू लिलामी प्रक्रियाबाट बिक्री गरिन लागिएको हो ।
लिलामीमा भाग लिन इच्छुक व्यक्ति, संघसंस्था वा कम्पनीहरूले आफूले प्रतिकित्ता कति मूल्यमा शेयर किन्न चाहेको हो भन्ने विवरणसहित गोप्य शिलबन्दी दरभाउपत्र बुझाउन सक्नेछन् ।
लिलामी आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ ।

