काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
यो सेवा सुचारु गर्न ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ ।
बैङ्कले सञ्चालनमा ल्याएको यो भर्चुअल क्रडिटकार्डमा भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधी तथा लचिलो किस्ताबन्दी सुविधा यो सेबामा पनि यथावत रहेको बैङ्कले जनाएको छ ।
यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक त्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनी सँगै बैंकले भर्चुअल त्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुनेछ ।
डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैङ्कमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्दि«त हुने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले आगामी दिनहरुमा मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।

