३० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) बढेसँगै नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । केन्द्रीय बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ उठाउने भएको हो ।

राष्ट्र बैंकले ६३ दिन अवधीका लागि उठाउन लागेको उक्त रकमको साँवा तथा ब्याज सहित बैंकहरुले भदौ १५ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार