काठमाडौं । कारोबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बहार देखिएको छ । आइतबार नेप्से परिसुचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ ४.७०, फ्लोट २.०५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७५ अंकले बढेको छ ।
साताको पहिलो दिन ३२८ कम्पनीको शेयर ७४ हजार ७५२ पटक कारोबार भएको छ । ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको करोबार हुँदा १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर किन बेच भएको छ ।
आज उत्पादनमुलक बाहेकर सबै उपसमूह बढेको छन् । बैंकिङ उपसमूह २ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयर ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा पुगेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ । कम्पनीको शेयर आज ३२७.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

