काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा बालुवाटार स्थिति केन्द्रीय कार्यालयमा सरेको छ । बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटरस्थिति केन्द्रीय कार्यालय सरेको हो ।
यसअघि यी विभाग र महाशाखा दरबारमार्ग स्थिति राष्ट्रिय बाणिज्य बैंकको भवनबाट सञ्चालन हुदै आएको थियो ।
केन्द्रीय बैंकले २०८२ असार १५ गतेदेखि यी विभाग र महाशाखा स्थानान्तरण भएको जानकारी दिएको छ । ती विभाग तथा महाशाखाबाट प्रदान हुने सम्पूर्ण सेवा अब केन्द्रीय बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनबाटै सञ्चालन भईरहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


