काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहन बस्नेत २५ लाख धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार उनलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी धरौटी तिरेर रिहा भएका हुन् ।
अख्तियारले टेरामक्स खरिदमा ३ अर्ब २१ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित बस्नेतसहित १६ जनाविरुद्ध गत जेठ ९ गते मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दापछि बस्नेत सांसदबाट स्वत: निलम्बनमा परेका थिए ।
उनी आइतबार अदालतमा बयानका लागि उपस्थित भएका थिए । आइतबार नै उनको बयानपछि थुनछेक बहस भएको हो ।

