तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी हुनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ । यो शेयर निष्काशनका लागि जेठ ५ गते कम्पनीले बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म शेयर कायम रहेका लगानीकर्ताहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म तोकिएको छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार