काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै हुने व्यवस्था गरेको छ ।
बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार निजी एवं सामुदायिक स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने निर्णय गरेको हो ।
यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ ।


