सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १३२ बोरा चिनीसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।
करिब ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएिसपी शैलेन्द्र थापाले जानकारी दिए।
भारतबाट २ त ५२७९ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको चिनीसशस्त्र प्रहरी बल नेपाल नंं ४ गण सुनसरीले नियन्त्रणमा लिएको हो। ट्याक्टर चालक भने फरार छन्। बरामद चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोसी ब्यारेज सुनसरीमा बुझाएको छ।

