आज पनि बढ्यो शेयर बजार, नेप्से सँगै पौने ७३ करोडले घट्यो कारोबार रकम

काठमाडौं । आइतबार बढेको शेयर बजार सोमबार पनि बढेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९५ अंकले बढेर ४५०.९५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८१ अंकले बढेको छ ।

सोमबार ३१८ वटा कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ७३ करोड ४४ लाखले कमी  हो । आइतबार ३२८ वटा कम्पनीको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख पुगेको थियो ।

सोमबार बजार पुँजीकरण रकम ४३ खर्ब ८४ अर्ब ४२ करोड ३६ लाख पुगेको छ ।

यसदिन १४५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १०३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ९ वटा उपसमूह बढ्दा ४ वटा उपसमूह घटेको छ । बैंकिङ ५, विकास बंैक ३९, लगानी ०.०३, जीवन बीमा १०४, उत्पादन र प्रशोधन ११४, जीवन बीमा १०४, उत्पादन र प्रशोधन ११४, लघुवित्त ४३, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ७३ र व्यापार ३० अंकले बढ्दा वित्त १.४०, होटल र पर्यटन २, जलविद्युत १० अन्य समूह ८ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा साहास उर्जा , सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड रहेको छ । साहास उर्जाको ३६ करोड ५३ लाख, सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख, बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख, सप्तकोशी विकास बैंकको २५ करोड ७८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २२ करोड ५ लाख बराबर कारोबर भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार