वास्तविक हिसाब नदेखिनेगरी कुनै पनि माध्यमबाट लेनदेन नगर्नु, कैद हुनसक्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने नगर्न सूचना जारी गरेको छ । बैंकले सूचना जारी गर्दै कसैले हुण्डीसम्बन्धी कसूर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको पनि सुसूचित गरेको छ ।

हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क. अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन ।

नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण कम्पनीहरूको मात्र प्रयोग गर्न तथा क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैरकानूनी कारोबार नगर्न बैंकले सूचना जारी गरेको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार