११ लाख १९ हजार कित्ता आईपीओ जारी गर्दै हिमस्टार ऊर्जा कम्पनी

काठमाडौँ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले ११ लाख १९ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी असार २४ देखि आईपी‌ओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत ११ करोड १९ लाख रुपैयाँ बराबरको उक्त साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ करोड ८६ लाख रुपैयाँको रु १००० अंकित दरले १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरिएको थियो ।

गत जेठ ३० देखि असार १३ सम्म उक्त शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त समयमा माग गरिएको शेयर कित्ता भन्दा बढी शेयर खरिदको लागि रितपुर्वक आवेदन प्राप्त भैसकेको छ । जारी पूँजीको २५ प्रतिशत अर्थात रु. ९ करोड ३२ लाख ५० हजार रुपैयाँको रु १०० अंकित दरको ९ लाख ३२ हजार ५०० कित्तामध्ये ९३  हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका, कम्पनीमा कार्यारत कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएकोमा ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

आईपीओमा न्युनतम् १० देखि अधितम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार