नागार्जुनका मेयर बस्नेतलाई ३० करोड बढी जरिवाना, ८ वर्ष ३ महिना कैद

काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतलाई विशेष अदालतले ३० करोड बढीको जरिवाना र ८ वर्ष ३ महिना कैद सजायको फैसला सुनाएको छ ।

पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा उनलाई

२६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफत, २ करोड ३० लाख रुपैयाँ, १ करोड ५ लाख रुपैयाँ पीडित राहत कोषमा बुझाउन र थप २ करोड २६ लाख रुपैयाँ जरिवानासहित ३० करोड बढी जरिवाना तिराउने फैसला भएको हो ।

यस्तै घुस दिने पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेललाई पनि ८ वर्ष कैदसजायसहित जरिवानाको सजाय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार