CLI

गुडविल फाइनान्सको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। निवेदन काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News