काठमाडौं ।सिटिजन्स सदाबहार योजना अन्र्तगत प्रथम चरणको निष्काशन छिटोमा माग बमोजिमको आवेदन नपरे सँगै समय थप गरिएको छ । उक्त योजना असार १३ गतेदेखि असार १७ गते सम्म निष्काशन तथा बिक्री खुल्ला रहेकोमा माग बमोजिम रकम जम्मा हुन नसकेको भन्दै कम्पनीले ढिलोमा असार २७ बन्द हुने गरी योजना निष्काशन तथा बिक्री खुल्ल राखेको छ । ढिलोमा असार २७ गते अगावै माग भन्दा बढी संख्यामा आवेदन परेमा उक्त योजना असार २७ गते अघि नै निष्काशन तथा बिक्री बन्द गरिने बताइएको छ ।
५० करोड रुपैयाँको आकार रहेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले ५ करोड इकाई जारी गर्न लागेको हो ।सिटिजन्स सदाबहार योजनाको प्रति इकाई अंकति मूल्य १० रुपैयाँको दरको ५ करोड रुपैयाँ इकाईमध्ये बीज पुँजी बापत न्यूनतम ७५ लाख रुपैयाँ अर्थात् ७ करोड ५० लाख रुपैयाँ मात्र वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम ४ करोड २५ लाख रुपैयाँ इकाई प्रथम चरणको निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।
न्यूनतम १०० इकाई दरखास्त दिन पाउने अधिकतम आवेदन दिनपाउने इकाई ५० लाख रहेको छ । योजनाको इकाई खरीदका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । यी इकाई खरीदका लागि बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिन सकिनेछ । साथै मेरो शयर आलाइनसमेत आवेदनका लागि खुला रहनेछ । न्यूनतम १०० इकाइदेख अधिकतम ५० लाख इकाईमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

