नेपाल बैंकका ग्राहकलाई र लेट मि इनमा उपचार गर्दा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु मालेले असार १६ गते हस्ताक्षर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार