निरन्तर तीन दिन बढ्यो शेयर बजार, उच्च अंकले नेप्से सँगै साढे ६४ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । आइतबार देखि बढेको शेयर बजार मंगलबार पनि बढेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले बढेर ४५६.७५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.३६ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स २.२७ अंकले बढेको छ ।

मंगलबार ३०९ वटा कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख ५० हजार पुगेको छ । जुन सोमबारको तुलनामा ६४ करोड ५८ लाख ४३ हजारले बढी हो ।

सोमबार ३१८ वटा कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार पुगेको थियो ।

मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख पुगेको छ । जुन सोमबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ८४ अर्ब ४२ करोड ३६ लाख पुगेको थियो ।

यसदिन २१७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा २ वटा उपसमूह घटेको छ । बैंकिङ १५, विकास बंैक ६६, वित्त १३, होटल र पर्यटन ३८, जलविद्युत ४९, लगानी ३, जीवन बीमा १४३, लघुवित्त १०५, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा १२६ र अन्य समूह ११ अंकले बढ्दा उत्पादन र प्रशोधन ६ र व्यापार २६ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, राधी विद्युत कम्पनी, बुटवल पावर कम्पनी, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर रह्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ४६ करोड १६ लाख, राधी विद्युत कम्पनीको ४५ करोड ५५ लाख, बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख, सप्तकोशी विकास बैंकको २५ करोड २० लाख र युनियन हाइड्रोपावरको २५ करोड १६ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार