काठमाडौं । विकास हाइड्रोपावर कम्पनी प्राथमिक शेयर आइपिओ बिक्रि आजबाट सुरु हुने भएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३ सयको १० प्रतिशत शेयर आम सर्वसाधारणको लागि खुला गरेको हो । कम्पनीले कुल चुक्ता पुँजीको १० प्रतिशत प्राथमिक शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाइ १० प्रतिशत शेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्कृत लिएर बिदेशमा बसि रोजगारी गरिरहेका नेपाली र २ बप्रतिशत शेयर आयोजनाको कर्मचारी र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषलाई बिक्रि बितरण गर्ने छ ।
कम्पनीको प्राथमिक शेयर खरिद गर्न चाहने खरिदकर्ताले न्युनतम १० कित्ता शेयरमा आबेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ता शेयरमा आबेदन दिन सक्नेछन् । आबेदकले आज असार १८ देखी ढिलोमा २२ असार सम्ममा आबेदन दिन सक्नेछन् । कम्पनीको धोतोपत्र निश्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले इक्रा नेपाल लिमिटेडमा गराएको रेटिङमा २०८१ फागुनमा प्राप्त रेटिङमा triple bI minus रेटिङ प्राप्त गरेको छ

