आज सार्वजनिक हुँदै एमजी विन्डसर

काठमाडौं । एमजी ब्रान्डको नयाँ विद्युतीय सवारी साधन एमजी विन्डसर आज नेपाली बजारमा सार्वजनिक हुने भएको छ । एमजी गाडीका नेपाली आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आज एमजी विन्डसर सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ ।

एमजी विन्डसरमा पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। गाडीले अधिकतम १३६ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ। ३८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको यो गाडी सीसीएस२ चार्जिङ कनेक्टर सपोर्ट गर्छ।

गाडीमा ४५ किलोवाट फास्ट चार्जिङ सुविधा छ जसले ४५ मिनेटमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने दाबी गरिएको छ। अटोमेटिक ट्रान्समिसन रहेको विन्डसरले पूर्ण चार्जमा ३३२ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्यारामाउन्ट मोटर्सका अनुसार एमजी विन्डसरको सुरुवाती मूल्य ३९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार