निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको छ : हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको बताएका छन्।

बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा उनले षड्यन्त्र भएको र सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने बताए।

उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को/को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै सजिलै राखिएको होइन ।’

पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार