काठमाडौं । आइतबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.५२ अंकले बढेर ४६२.२७ विन्दुमा पुगेर बन्द भएको छ ।
साथै फोल्ट इन्डेक्स २.५६ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स २.०९ अंकले बढेको छ ।
बुधबार ३१७ वटा कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम २ अर्ब ७१ करोड १७ लाख ९३ हजारले बढी हो ।
मंगलबार ३०९ वटा कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख ५० हजार पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम भने ४४ खर्ब ८९ अर्ब ९५ करोड ९४ लाख पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ३२ अर्ब ६० करोड १६ लाख पुगेको थियो ।
यसदिन १८२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन १३ वटा उपसमूह बढेको छ । बैंकिङ १९, विकास बंैक १३० , वित्त ४७, होटल र पर्यटन ४८, जलविद्युत १७, लगानी १.१३ , जीवन बीमा ३६३, उत्पादन र प्रशोधन ४९, लघुवित्त २७, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ३०५, व्यापार ७३ र अन्य समूह २१ अंकले बढेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, साहास उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, लक्ष्मी सनराईज बैंक प्रोमोटर शेयर र बुटवल पावर कम्पनी रह्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ५५ करोड ५३ लाख, साहास उर्जा लिमिटेडको ४९ करोड ४१ लाख, सप्तकोशी विकास बैंकको ३५ करोड, लक्ष्मी सनराईज बैंक प्रोमोटर शेयरको २९ करोड ६७ लाख र बुटवल पावर कम्पनीको २८ करोड ७५ लाख बराबर कारोबार भयो ।

