असार पहिलो साता २ हजार ८००  ले घट्यो सुनको मूल्य

काठमाडौं । असार महिनाको पहिलो साता करिब सुनको मूल्य प्रतितोला २ हजार ८०० ले घटेको छ ।

साताको पहिलो दिन आइतबार तोलामा १ लाख ९७ हजार ५०० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आइपुग्दा तोलामा १ लाख ९४ हजार ७०० कायम भयो जुन पहिलो दिनको तुलनामा २ हजार ८०० रुपैंयाले कम हो ।

अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने संकेत गर्दा आर्थिक बृद्धिलाई टेवा पुग्ने आंकलन भएकोले सुनको भाउ घट्न पुगेको बिश्लेषकहरुको भनाई छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ६९ हजार ३ सय २५ रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार आईपुग्दा प्रति १० ग्राम १ लाख ६६ हजार ९ सय पच्चिस रुपैंया कायम भयो जुन साताको पहिलो दिनको तुलनामा २ हजार ४ सय रुपैंया बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यले भने नयाँ रेकर्ड कामय गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ८ सय ५६ रुपैया रहेकोमा बुधबार भने हालसम्मकै उच्च प्रति १० ग्राम १९०७ रुपैंया ५० पैसा कायम भयो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ८ सय ४३ रुपैयाँ ५० पैसा कायम रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार