काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । यो सँगै बिहीबार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार भने तेजावी सुन प्रति १० ग्रामको १ लाख ६४ हजार ६९५ तोकिएको छ ।
त्यस्तै महासंघले बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको बताएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार १७० रुपैयाँ तोकिएको छ । बुधबार भने चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ८६० रुपैयाँ ५० पैसा तोकिएको छ ।


