काठमाडौं । काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर बन्द गरेका हुन् ।
सवारी साधन रोक्न पाएको छैन महानगरप प्रहरी आएर ह्विल लक गर्दा समस्या भएको व्यवसायी कुवेर कुँवरले बताए । आजपनि ताम्रकारमा कार्यरत व्यवसायी र ग्राहकको सवारी साधन अर्थात् मोटर साइकल राख्न पाएको छैन महानगर प्रहरीले ह्विल लक गरिदिएको छ,’ उनले भने,‘ एकातर्फ सवारी साधन रोक्न नपाउने नियमले गर्दा व्यापार हुन नसकेको अवस्थामा प्रहरीको उक्त व्यवहारले व्यवासीहरु अप्ठेरोमा परेका छन् ।’
व्यवासायीहरुले महानगर प्रहरीको उक्त कदम सकारात्मक नभएको बताएका छन् ।

