नाडा अटो शो २०२५ को स्टल एलोकेसन, ७५ कम्पनीको सहभागिता रहने

काठमाडौं । नाडा अटो शो २०२५ का लागि आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल एलोकेसनसम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी रुपमा रहेको छ । यस सवारी साधन र सवारी साधनमा प्रयोग हुने कम्पोनेन्टहरुको प्रदर्शन गरिने गरिन्छ । यसबाट अटोमोबाइल पारखिले अटोमोबाइल क्षेत्रमा विकासित भएका नयाँ प्रविधिसँग नजिकैबाट साक्षत्कार हुने मौका प्राप्त गर्छन् ।

नाडाका अनुसार आगामी अटो शोमा चार पांग्रे, दुई पांग्रे, लाइट कमर्शियल भेहिकल, अटो कम्पोनेन्टहरु सहित ७५ भन्दा बढी कम्पनीको सहभागित रहने नाडाले जानकारी दिएको छ ।

सहभागी ब्रान्डहरूः

  •  चार पाङग्रेःDEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG. (18 Stalls)
  •  दुई पांग्रे: Hero, Royal Enfield, Zonson, Yamaha (4 Stalls)
  •  लाइट कमर्शियल भेहिकलः
  • NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG (13 Stalls)
  • अटो कम्पोनेन्टहरूः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO लगायतको उपस्थिति रहेन

यस संस्करणका विशेष आकर्षणहरूः

  • Made in Nepal पभिलियन
  •  विन्टेज कार पभिलियन
  •  अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद)
  •  इटेरी, क्याफे
  •  साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ

यस संस्करणको टाइटल स्पोन्सरMAW Group of Companies रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार