विकास हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा कर्मचारीका लागि ७० हजार ९१० कित्ता साधारण शेयर र सामूहिक लगानी कोषहरुका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याएर बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको प्राथमिक शेयर खरिद गर्न चाहने खरिदकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको धोतोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार