राप्रपा सांसद कार्कीको व्यंग्य : नेताहरूको रगतमा नै भ्रष्टाचार छ

काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको भन्दै व्यंग्य गरेकी छिन् । आइतबार बिहान सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताएकी हुन् ।

‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ,’ उनले भनिन् ।

सांसद कार्कीले नेपालमा उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति जारी रहेको उल्लेख गरिन्। यो सबैको कारण भ्रष्टाचार रहेको उनको भनाइ छ।

उनले भनिन्, “हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने। यसको कारण के हो त भन्दा भ्रष्टाचार हो। हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ।”

समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार