सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बुल्ट इन काराओके इन्टरटेनमेन्ट एकैसाथ ल्याएको जानकारी दिएको छ ।

सीजीको ‘लेभल अप’ अभियान अन्तर्गत विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन— गाउने, रमाउने, र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको सीजीको दाबी छ। हरेक नेपालीले अब आफ्नै सेक्रेट रकस्टार सिधै आफ्नै घरबाट खोज्न सक्नेसमेत सीजीले जनाएको छ ।

सीजीका अनुसार यस टीभीका विशेषतामा क्यूएलईडी +४के यूएचडी डिस्प्ले: क्वान्टम डट प्रविधिसँग जीवन्त र स्पष्ट दृश्य, इन्फाइनाइट स्क्रिन डिजाइन: झिनो बेजलका कारण अधिक सिनेमाटिक अनुभव, एचडीआर १०+: अधिक गहिरो कन्ट्रास्ट र सजीव रंग, बिल्ट इन काराओके सिस्टम: डुअल माइक इनपुट, भोकल इफेक्ट, गीत लायब्रेरीसहित, एन्टि ग्लेयर स्क्रिन: जुनसुकै प्रकाशमा पनि स्पष्ट दृश्य, अडियो ड्रम टीएम बास इञ्जिन: काराओके गीतहरूमा थप शक्ति दिने बास अनुभव र सिनेमा साउन्डबार एकीकरण: सम्पूर्ण साउन्ड सिस्टम, टिभीमै निर्मित रहेको छ ।

कम्पनीका अनुसार यो केवल प्रविधि होइन, यो नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो । सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार