काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित भएका छन्। बैंकको ६५ औँ वार्षिक साधारण सभाका लागि २०८१ साल चैत ६ गते तय गरिएको सञ्चालक निर्वाचन कार्यक्रमविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनबाट खारेज भएपछि उनीहरूको निर्वाचनको बाटो खुलेको हो ।
सर्वसाधारण शेयरधनीको तर्फबाट खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट भट्टराई सञ्चालक पदमा निर्वाचित भएका हुन् । दुवै जनाले २०८२ साल असार २१ गते बैंकका सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

