आज पनि घट्यो शेयर बजार,२६८३ मा नेप्से झर्दा करिब २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ, यो सँगै अघिल्लो आइतबार देखि बढेको शेयर बजार सोमबार र मंगलबार घटेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले बढेर ४५९.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०२ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०५ अंकले बढेको हो ।
मंगलबार ३०४ वटा कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार पुगेको छ । जुन सोमबारको तुलनामा १ अर्ब ८० करोड ३१ लाख ६१ हजारले कम हो ।
सोमबार ३११ वटा कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४४ खर्ब ७१ अर्ब ७० करोड ५७ लाख रहेको छ । मंगलबार भने ४४ खर्ब ७१ अर्ब ९४ करोड ८४ लाख पुगेको थियो ।

यसदिन १३३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ७ वटा उपसमूह बढ्दा ६ वटा उप समूह घटेको छ । विकास बैंक २३, वित्त ३१, जलविद्युत २१, लगानी ०.०९, उत्पादन र प्रशोधन २६, लघुवित्त ४ र व्यापार १६ अंकले बढेको छ । साथै बैंकिङ ५, होटल र पर्यटन ०.८९, जीवन बीमा ०.७१, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ४७ र अन्य समूह १९ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स , लक्ष्मी सनराईज बैंक लिमिटेड प्रोमोटर शेयर र राधी विद्युत कम्पनी रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड ६७ लाख, बुटवल पावर कम्पनीको ४१ करोड ६९ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ३९ लाख , लक्ष्मी सनराईज बैंक लिमिटेड प्रोमोटर शेयरको २४ करोड ३२ लाख र राधी विद्युत कम्पनीको २३ करोड ६ लाख बराबर कारोबर भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार