हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपाल जन–प्रशासन संघ र साल्ट्र ट्रेडिङ कर्पोरेशनले प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधान गरिने भएको छ । साल्ट ट्रेडिङले मंगलबार पत्रकार सम्मेलन मार्फत हेमबहादुर मल्ल सम्मान २०८० श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको हो ।

दुई लाख रुपैयाँ नगद धनराशी रहेको यस सम्मान बिहीबार श्रेष्ठलाई प्रदान गरिने छ ।

२०५९ सालदेखि वितरण हुँदै आएको हेमबहादुर मल्ल सम्मानको सुरुवाती राशी एक लाख रुपैयाँ थियो ।

कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालको न्यायाधीश हुँदै श्रेष्ठ २५ औं प्रधान न्यायाधीश बनेका थिए । दश वर्षे द्वन्द्वको अवसान र बृहत् शान्ति सम्झौता, संविधानसभाको निर्वाजन लगायत घटनाहरुमा श्रेष्ठको न्यायिक सक्रियात विशिष्ट रहेको थियो । संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैलाहरुको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदरस्वरुप श्रेष्ठलाई सम्मान प्रदान गरिएको कर्पोरेशनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार