१० वर्षे अवधिको १ अर्बको ऋणपत्र जारी गर्दै शाइन रेसुङ्गा बैंक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै प्रतिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको जानकारी दिएको छ ।

१ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरले बिक्री गरिनेछ । ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिनेछ ।

ऋणपत्र वार्षिक ब्याजदर ८ प्रतिशत रहनेछ । ऋणपत्रमा असार ३२ गतेदेखि छिटोमा साउन ४ र ढिलोमा साउन १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार