काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ गर्नुपर्ने कानुन व्यवस्थाअनुसार हाल संस्थापक शेयरधनीले नै खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्री गर्न लागिएको हो । शिलबन्दी बोलपत्र असार २४ गतेदेखि असार ३० गतेसम्म पेस गर्न सकिनेछ ।
संस्थापक शेयरधनीले खरिद नगरेमा उक्त शेयर सर्वसाधारणमा जारी हुनेछ । असार ३० गते सर्वसाधारणले दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । प्रस्तावित शेयरमूल्य न्युनतम प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ ।

