महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार